Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति इलामको अध्यक्षमा मगर

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति इलामको अध्यक्षमा मगर

  • सन्देश सम्वाददाता
  • आइतबार, माघ ८ २०७९


नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति इलामको अध्यक्षमा मगर

इलाम । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति इलामको अध्यक्षमा चन्द्रमोहन गुर्मछान मगर निर्वाचित भएका छन् ।
शनिबार इलाम सदरमुकाममा भएको संगठनको दोस्रो जिल्ला सम्मेलनबाट मगर अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मलेनले मगरको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।
समितिका उपध्यक्षहरुमा मनोजकुमार धुरझार र रामप्रसाद मिश्र, सचिवमा राजेन्द्र ढुंगेल, सहसचिवमा सुरेन्द्र थलङ र कोषाध्यक्षमा उत्तम अधिकारी निर्वाचित भएका छन् ।
सदस्यहरुमा लालबहादुर राउत, रेवत धिमाल, तुलसिं भट्टराई, मोहन राजवंशी, लक्ष्मण तामाङ र जितेन्द्र शाह निर्वाचित भएका छन् । एकजना सदस्य समितिको पहिलो बैठकबाट मनोनित हुन्छन् ।
सम्मलेनले केन्द्रिय प्रतिनिधिहरुमा कुलदिप राजवंशी प्रमोद दाहाल एवम् प्रदेश प्रतिनिधिमा कर्ण मगर, मानभत्त श्रेष्ठ, मनोज यादव र राम मिश्रलाई निर्वचित गरको छ ।
कुलदिप राजवंशीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रमण), सहइन्चार्ज हर्क लावती (कान्छा) , राम राई, उर्मिला तामाङ, इलाम संयोजक विजय खम्बू, प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानासहित माओवादी केन्द्र र जनवर्गीय संगठनका प्रतिनिधिहरुको उपस्थिती थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार