Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माइवेनी एक, व्यापार अनेक (फोटो फिचर)

माइवेनी एक, व्यापार अनेक (फोटो फिचर)

  • सेखर तिमसिना
  • आइतबार, माघ १ २०७९


माइवेनी एक, व्यापार अनेक (फोटो फिचर)

माइवेनी । इलाममा ऐतिहासिक र धार्मिक हिसाबले महत्वपूर्ण मानिएका क्षेत्रहरु आन्तरिक पर्यटकहरुको घुमफिरको केन्द्र छन् । इलामका चार खोलामध्ये माइ र जोगमाइखोलाको संगमस्थलमा रहेको माईवेनी क्षेत्र धार्मिक पर्यटनको पवित्रस्थल हो ।

इलाम नगरपालिका र माईजोगमाई गाउँपालिको संगमस्थल माईवेनी क्षेत्रमा नेपाल, भारत र भुटानसम्मका नागरिक मकर नुहाउन आउने गरेका छन् ।
राणा शासनकालमा तत्कालिन बडाहाकिम गजराजसिंह थापाले सुरु गरेको माइवेनी मेलामा सबै जातजाति र उमेर समूहकाहरुको भीड लाग्ने गर्छ । मकर संक्रातिको अवसरमा एक सातासम्म लाग्ने मेलामा मकर नुहाउने, पूजाआजा गर्ने, बली चढाउने, परेवा उडाउने, ब्यापार गर्ने र रमाइलो गर्न जानेको भीड छ ।


माइखोलालाई शक्तिकी देवीको रुपमा पुजाआजा गर्ने चलनसमेत रहेकाले प्रदेश एकका विभिन्न भाग र भारतको दार्जिलिङ, सिक्किमबाट समेत भक्तजन मेला भर्ने अनि मकर नुहाउन माइवेनी जाने गर्छन् । इलामको सन्दकपुर मुहान रहेको माइखोला अरु खोलाहरुसंगै झापा पुग्दा कन्काई नामले परिचित छ ।


कन्काई किनारमा पनि मकर सक्रान्ति अवसरमा भव्य मेला लाग्ने गर्छ । मेलामा धान, मारुनी जस्ता परम्परागत कला संस्कृति झल्किने प्रस्तुतिसँगै स्थानीयस्तरमा उत्पादन हुने उखु र सुन्तलाको खरिद बिक्रि हुन्छ । यहाँको मेलामा स्थानीयदेखि देश विदेशका व्यपारी आएर व्यवसाय गर्दै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार