Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा मटर खेतीमा किसानको आकर्षण घट्यो

इलाममा मटर खेतीमा किसानको आकर्षण घट्यो

  • लोकल सन्देश
  • मंगलबार, पौस २६ २०७९


इलाममा मटर खेतीमा किसानको आकर्षण घट्यो

इलाम । इलामको उच्च पहाडी क्षेत्रको मुख्य नगदेवाली मटर खेती रोपणमा किसानको आकर्षण घटेको छ । बढ्दो रोग र श्रमशक्तिको अभावमा किसानले मटर रोपण छोडेका हुन् । २ हजार दुइ सय मिटर उचाइमाथिका लेकाली क्षेत्रमा साउनमा मटर रोपिन्छ । साउनमा रोपिएको मटर कात्तिकदेखि मंसिर अन्तिमसम्म बजारमा खरिद बिक्रि हुन्छ । लेकाली क्षेत्रको मुख्य आयश्रोत बनेको मटर खेती अहिले भने खस्कदै गएको छ । प्रन्ध्र सय मिटर उचाइमाथि बसोबास गर्ने किसानको नगदेवाली मटर पछिल्ला दिनमा खेती नै घट्दै गएको हो ।


रोपेको ९० दिनमैं लटरम्म फल्ने मटर कोसा घरमैं हारालुछ बिक्री हुने भएपनि जलवायु परिवर्तनले रोगको प्रकोप बढेसँगै खेती घट्दै गएको किसान बताउँछन् । मापदण्ड पु¥याई खेती गरेको खण्डमा एक किलो बीउ बराबर तीन मनसम्म मटर कोसा फल्ने गरेको छ ।
५ वर्ष अघि व्यवसायीक रुपमा मटर खेती नगर्ने किसानका घर हतपत्ती भेटिदैनन् थिए । मुख्य सिजनका बेला प्रतिकिलो एकसय ५० रुपैयासम्ममा बिक्रि हुने मटरको खेती अहिले घट्दै गएको सूर्योदय नगरपालिका ३ का किसान गित बहादूर साम्पाङ राईले बताए ।


मटर वर्षमा २ सिजनमा उत्पादन हुन्छ । साउनमा रोपिएको मटर कात्तिकदेखि मंसिर मसान्तसम्म बजारमा पाइन्छ । कात्तिक मंसिरमा रोपिएको मटर चैत्र बैशाखमा बजारमा निस्कन्छ । साउनमा रोपिएको मटरमा बढी मात्रामा रोग लाग्ने भएकाले कमै मात्र किसानले यो सिजनमा मटर खेती गर्दै आएका छन् ।
कात्तिकमा रोपिएको मटर खेतीबाट उत्पादन राम्रो हुने गरेपनि अहिले श्रम गर्ने शक्ति अभावले व्यवसायीक रोपण घट्दै गएको छ । तरकारी बालीमा पर्ने मटर इलामका देउमाई, सूर्योदय, इलाम नगरपालिका, माइजोगमाई, सन्दकपूर गाउँपालिकामा खेती हुने गरेको छ ।


इलाममा उत्पादन हुने मटर कोसाको मुख्य बजार सीमावर्ती भारतीय शहर हुन् । इलाममा गत सात साढे पाँचसय मेट्रिक टन मटर कोसा उत्पादन भएको तथ्याङ्क छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार