Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

आगलागी बाट ५ लाखको क्षति

आगलागी बाट ५ लाखको क्षति

  • लोकल सन्देश
  • सोमबार, पौस २५ २०७९


आगलागी बाट ५ लाखको क्षति

रोङ । इलामको रोङ गाउपालिका १ को एक घरमा आगलागी हुदा करिब ५ लाख बराबरको क्षति भएको छ । आइतबार दिउसो घरमा कोही नभएको बेला अचानक आगो लाग्दा सो बराबरको क्षति भएको हो । घरमा भएको नगद ३० हजार, सखुवाको काठ सिरक डसना भाडा बर्तन लगायत सबै सामान जलेर खरानी भएकाले ५ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीको भनाइ रहेको छ ।

रोङ १ एकराते निवासी बिष्णुमाया राईको घरमा आगलागी भएको रोङ–१ का वडा सदस्य हेमबहादुर थापाले बताए । बिजुलीको कारण आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको वडा सदस्य थापाले बताए । बस्दै आएको घर आगोले जलेपछि बिष्णुमाया अहिले छिमेकी को घरमा आश्रय लिएर बसेकी छन् ।

यसै बिच घटनाको सूचना पाउन साथ नेपाल रेडक्रस सोसाइटी हासपोखरी उपसाखाले राहतको लागि पहल सुरु गरेको छ । बेलुका अबेर सूचना आएकाले सोमबार सम्मका एक सेट राहत सामाग्री उपलब्ध गराउने हाँसपोखरी उपशाखा सभापति नेत्रप्रसाद पोख्रेलले बताए । रोङ गाउपालिकाले पनि आज नै राहत सामाग्री लैजाने तयारी गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार