Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

फाल्गुनन्द विमानस्थलमा माघ १ बाट नेपाल वायु सेवा निगमको नियमित उडान

फाल्गुनन्द विमानस्थलमा माघ १ बाट नेपाल वायु सेवा निगमको नियमित उडान

  • सुजन तिमल्सिना
  • आइतबार, पौस २४ २०७९


फाल्गुनन्द विमानस्थलमा माघ १ बाट नेपाल वायु सेवा निगमको नियमित उडान

इलाम । २०७८ माघ २६ मा परिक्षण उडान सफल भएको इलाम नगरपालिका ९ मा रहेको फाल्गुनन्द विमानस्थलमा नेपाल वायु सेवा निगमले नियमित उडान गर्ने भएको छ । परिक्षण उडान सफल भएपछि तारा एयरले नियमित उडान गरेपनि सो जाहाज दुर्घटनामा परेपछि ठप्प भएको हवाई सेवा पुन : सुचारु हुने भएको हो ।
नियमित उडान गर्दै आएको तारा एयरको जाहाज दूर्घाटनामा परेपछि उडान ठप्प भएको विमानस्थलमा नेपाल बायु सेवा निगमले नियमित उडान गर्ने भएको छ । फाल्गुनन्द विमानस्थलमा माघ १ बाट नियमित उडान गर्ने नेपाल वायु सेवा निगमका कार्यकारी निर्देशक युवराज अधिकारीले बताए ।


हप्तामा १ पटक उडान गर्ने निर्णय गरेको निगमले यात्रुको संख्या बढेमा उडान तालिक थप्ने छ । फाल्गुनन्द विमानस्थलमा नियमित उडानका लागि बायु सेवा निगमसँग नगरपालिकाले आग्रह गरेको थियो । नगरपालिकाको आग्रह पछि निगमले उडानको तालिका बनाएको इलाम नगर प्रमुख केदार थापाले बताए ।
फाल्गुनन्द विमानस्थ निर्माणको बीस वर्ष पछि धावन मार्ग कालोपत्रे भएको थियो । विमानस्थल कालोपत्रे सम्पन्न भएपछि नेपाल बायु सेवा निगमको ट्वीनटर विमानले परिक्षण उडान गरेको थियो ।


२०५८ सालमै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि निर्माण प्रक्रिया २०६८ सालबाट भएको थियो । धावनमार्ग निर्माण भइसकेपनि बाँकी संरचना निर्माणका लागि ठेक्का संझौताको काम शुरु भएको इलाम नगरपालिका ९ का अध्यक्ष गोपाल चौहाले बताए ।
विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने पर्यटन व्यवसायीको विश्वास छ । यो विमानस्थलमा नियमीत उडान भए इलाम, पाँचथर सहित भारतको दार्जिलिङ, सिक्कमका यात्रुले सेवा पाउनेछन् । २०६८ सालमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यस गरेको विमानस्थल खनालले नै उद्घाटन गरेका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार