Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सन्दकपूर गाउँपालिकामा चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी (फोटो फिचर )

सन्दकपूर गाउँपालिकामा चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी (फोटो फिचर )

  • सुजन तिमल्सिना
  • शुक्रबार, पौस २२ २०७९


सन्दकपूर गाउँपालिकामा चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमको थालनी (फोटो फिचर )

सन्दकपूर ।इलामको सन्दकपूर गाउँपालिकाले चौमासिक रुपमा प्रगति सार्वजनिक गर्ने उद्धेश्यका साथ सार्वजनिक सुनुवाईको आयोजना गरेको छ । सन्दकपूर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा जनप्रतिनिधि, वृद्धिजिवी, कर्मचारी, संचारकर्मी र सर्वसाधारणको सहभागिता रहेको थियो ।


सन्दकपूर गाउँपालिकाले चालु आर्थिक वर्षको प्रथम चौमासिकमा भएका कामको प्रगति, त्यसमा देखिएका समस्या र सुधार गर्नुपर्ने कुराको सुझाव संकलन गर्ने उदेश्यले सार्वजनिक सुनुवाई आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।


सार्वजनिक सुनुवाई कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत महेश राईले गाउँपालिकाले लिएका नीति र कार्यान्वयन गरेको योजनाका बारेमा जनताको प्रत्यक्ष सुझाव लिने उदेश्यले चौमासिक रुपमै सार्वजनिक सुनुवाईको आयोजना गरेको बताए ।  कार्यक्रममा गाउँपालिका योजना शाखा प्रमुख टिका बस्नेतले प्रथम चौमासिकमा गरिएका कामका बारेमा प्रगति विवरण प्रस्तुत गरेकी थिइन् ।


प्रगति प्रतिवेदन सार्वजनिक भएपछि सुनवाईमा सहभागि सर्वसाधारणले बहुवर्षे विकास आयोजनाको प्रगति, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, सहकारी क्षेत्रको विकासका बारेमा जिज्ञाशा राखेका थिए । सर्वसाधारणको जिज्ञाशाको मेटाउने काम गाउँपालिकाकाको बिषयगत शाखा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृतहरुले गरेका थिए ।


सार्वजनिक सुनुवाई कार्यक्रममा नेपाली काग्रेसका सन्दकपूर गाउँपालिका सचिव ज्ञान बहादूर राई, नेकपा एमालेका सन्दकपूर अध्यक्ष गिरिराज खनाल, नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य जीवन शिवा, समाजसेवी हरि पराजुली, प्रेमनाछिरिङ राईले सन्दकपूर गाउँपालिकाले गरेका हरेक काममा सहयोग गर्ने प्रतिवद्धता गरेका थिए । कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष रहर राई, ,२ का अध्यक्ष सनम राई, ३ का अध्यक्ष लिला बुर्जा, ४ का अध्यक्ष ढाल बहादूर गुरुङ र ५ का अध्यक्ष यज्ञ बहादूर गुरुङ लगायत जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।


कार्यक्रममा उठेका प्रश्नको आर्थिक प्रशासन शाखाका युवराज नेपाल, पशु शाखा प्रमुख सविन भट्टराई, स्वास्थ्य शाखा प्रमुख मनोज कुमार धुरझार, प्राविधिक शाखाका सव–इञ्जिनियर राजकुमार यादव, आन्तरिक लेखा परिक्षक सरोज दाहाल, कृषि शाखा प्रमुख रोशन खतिवडा, शिक्षा शाखा प्रमुख सुनिल निरौलाले सार्वजनिक सुनुवाईमा सहभागिले बिषयगत कार्यक्रमका बारेमा राखेका जिज्ञासाहरु मेटाउने काम गरेका थिए ।


कार्यक्रमको समापनमा बोल्दै गाउँपालिका अध्यक्ष तुलाराम गुरुङले जनताका मागलाई एकै वर्षमा पुरा गर्न बजेटको र आन्तरिक आयले नपुग्ने भएकाले प्राथमिकताका साथ काम गर्ने बताए । ‘जनताका माग प्राथमिकताका साथ पुरा गर्न सन्दकपूर गाउँपालिका तयार छ’ अध्यक्ष गुरुङ्गले भने–‘ हामी जनताको करको दुरुपयोग गर्दैनौ र प्राथमिकताका साथ जनताको चाँडो विकासको मागलाई सम्बोधन गर्न तत्पर दिएर काम गर्छौ ।

’ कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले जनताका मागहरु प्रक्रियागत रुपमा वडा र पालिका कार्यालयमा आएमा प्राथमिकिरण गरि छिटो समाधान गर्न सकिने भएकाले सुझावहरु सडक र चिया गफमा मात्रै सिमित नराख्न आग्रह गरे । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत महेश राईले गाउँपालिकाले चौमासिक प्रगति समिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गर्ने र आगामि कार्यक्रमहरुमा विकास निर्माणका उपभोक्ता समिति, विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी, सामुदायीक वन उपभोक्ता समिति, पर्यटन समिति लगायतका संस्थाको पनि प्रतिनिधित्व गराइने जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार