चुलाचुली । इलाम चुलाचुली गाउँपालिका वडा नं १ को सिमा जोडिएको सताक्छि धाम धार्मिक तथा पर्यटकीय स्थल सम्म पुग्ने घना जंगलको बाटो मा करिब दुई महिना अघिबाट वेबारिसे अवस्थामा भेटिइका एक वृद्धको उद्धार गरिएको छ । बेहोस र बेवारिसे अवस्थामा गोठालाहरूले भेटे पछि स्थानीय समाजसेवी दिल कुमार फागो को पहलमा स्थानीयले उद्दार गरेका हुुन्। बेहोस अवस्थामा भेटिएको परिचय खुल्न नसकेक वृद्धलाई स्थानीयबासीले दैनिक हेरचाह र खानपान को व्यबथा गरी हिँडडुल गर्न र सामान्य बोल्न सक्ने गरि स्वास्थ्य सुधार गरेका थिए ।
पुस महिनाको जाडोबाट निज बृद्लाई जोगाउन थप लत्ता कपडा र ओढ्ने ओछ्याउने कुराको आवश्यकता भएकोले स्थानीय सन्तोष थाम्सुहाङको आग्रहमा चुलाचुली गाउँपालिका वडा नं २ निवासी सामाजिक अभियन्ता, युवा समाजसेवी अनुप अधिकारी ले सो व्यवस्थापन गरिदिएका छन्। अहिले सम्म वृद्धको ठेगाना पत्ता लाग्न सकेको छैन । दैनिक खानपिन र हेरचाह गरिरहेको भएता पनि यो दीर्घकालीन समस्या समाधान नभएको हुँदा सबै बुद्दीजिवि,समाज सेवी मिलेर यस समस्याको दीर्घकालीन उपचारमा जुट्न स्थानीय तिलक फागोले सम्बन्धित निकायलाई आग्रह गरेका छन् । यस्तै गरी सामाजिक सञ्जाल र मीडियाको माध्यमद्वारा वृद्धको आफन्त सम्म यो कुरो पुर्याउनु पर्ने सामाजिक दायित्व आम नागरिक को रहेको अवगत स्थानीय बुदिजिवि हरी फागो ले बताए ।