इलाम । नेकपा माओवादी केन्द्र माङसेबुङ गाउँपालिका–३ वालिङ भञ्ज्याङ लोरुहाङ कोयू टोल स्तरिय कमिटी गठन गरेको छ । बुद्धिबहादुर राईको नेतृत्वमा टोल कमिटी गठन भएको हो । कमिटी सचिवमा अशोक कुमार राई रहेका छन् ।
सदस्यहरुमा संजिव राई, सन्तकुमार राई, रुपमान राई, शिवकुमार राई, बिबशराज राई, राजकुमार योङहाङ, भगीराज थेगिम रहेका छन् । अन्य सदस्यहरुमा रने राई (मनी), रुखमान राई, शुशिला देवान, रुपदेवी राई, रहेका छन् ।
कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सदस्य जनम राई, प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य राम योङहाङ लगायतको उपस्थिती रहेको थियो ।