Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

मरबमा अखिल क्रान्तिकारीद्धारा स्वागत र विदाई कार्यक्रम

मरबमा अखिल क्रान्तिकारीद्धारा स्वागत र विदाई कार्यक्रम

  • शेखर तिम्सिना
  • बुधबार, पौस १३ २०७९


मरबमा अखिल क्रान्तिकारीद्धारा स्वागत र विदाई कार्यक्रम

इलाम । विद्यार्थीसंग अखिल क्रान्तिकारी अभियान अन्र्तगत महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षलाई स्वागत एवम चौथो बर्षलाई विदाई गरिएको छ । संगठनका अध्यक्ष राजेन्द्र लोहारका अध्यक्षता भएको कार्यक्रममा माओवादी केन्द्र प्रदेश सदस्य प्रवाश शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशेष अतिथि प्रदेश सदस्य दिपेन राई, अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य विपिन पोखरेल, निमित्त क्याम्पस प्रमुख पोष्टराज लामिछाने लगायतले मन्तव्य राखेका थिए ।

अखिल क्रान्तिकारी क्याम्पस उपाध्यक्ष पंकज कार्कीले स्वागत गरेको कार्यक्रम सचिव मनोरथ बाँस्कोटाले संचालन गरेका थिए । औपचारिक कार्यक्रमपछि विविध सांस्कृतिक कार्यक्रम समेत गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार