Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पर्यटकीय सिजनमा पनि सुनसान इलाम बजार

पर्यटकीय सिजनमा पनि सुनसान इलाम बजार

  • रोशन राई
  • आइतबार, पौस १० २०७९


पर्यटकीय सिजनमा पनि सुनसान इलाम बजार

इलाम । आन्तरिक पर्यटकहरुको रोजाइको गन्तव्य इलामको सदरमुकाम इलाम बजार पर्यटकीय सिजनमा पनि अहिले सुनसान छ । देशभरका विद्यार्थी, शिक्षक, सहकारीकर्मी र किसान समूहको इलाम भ्रमण टोली सिजनमा धेरै आउने गरेपनि यो वर्ष पर्यटकको चहलपहल न्युन मात्रामा छ ।
इलाममा पर्यटकको चहपहल अत्याधिक हुने मंसिर र पुष महिना हो । देशभरका विद्यार्थी, शिक्षक, सहकारीकर्मी र किसान समूहको इलाम भ्रमण टोली मंसिर र पुषमा धेरै आउने गरेका थिए ।
तर अहिले इलाम सदरमुकाम मंसिर महिनामा पनि सुनसान जस्तै भयो भने पुष महिनामा मंसिर महिनाको जस्तो पनि चहलपहल छैन । अहिले इलाममा ताप्लेजुङको धार्मिकस्थल पाथिभरा जाने तिर्थयात्री मात्रै आउने गरेको होटल व्यवसायी बिजय राईले बताए ।
कोरोना माहामारी अघि पर्यटकको बाक्लो चहलपहल हुने इलाम त्यसपछि लयमा पर्किन नसकेको हो । कोरोना माहामारीका व्यवसाय पूर्ण रुपमा बन्द भएकाले पर्यटन व्यवसाय अहिलेपनि संकटमा रहेको व्यवसायी देवि पौडेलले बताउनुभयो ।
इलाममा सन्दकपूर, जौबारी, कालपोखरी, गैरीबास लगायत भारतीय सीमा क्षेत्रमा भारत भएरै पर्यटक पुग्ने गरेका छन् । यी क्षेत्रमा पर्यटकहरु प्रशस्त आएपनि भारतीय बाटो प्रयोग गर्ने भएकाले इलाम बजार आइरहनु पर्दैन ।
आन्तरिक पर्यटकको भिड रहने माइपोखरी, टोड्के झरना, कन्याम, अन्तु लगायतका पर्यटकीयस्थलमा पनि कोरोना माहामारी अघिको जस्तो चहलपहल छैन । जसका कारण मुख्यमुख्य पर्यटकीयस्थलमा पुनः पर्यटक चहलपहलका लागि पूर्वाधार निर्माण र प्रचारप्रसारको काम गर्ने १ नम्बर प्रदेशकी संस्कृति तथा पर्यटन मन्त्री खिनु लङ्वा लिम्बुले बताइन्। प्राकृतिक सुन्दरता, जैविक विविधता, चिसो हावापानी र हरियाली चियाबारीका कारण इलाम पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार