Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

ट्रकको ठक्करबाट रोङकी उषा राईको मृत्यु

ट्रकको ठक्करबाट रोङकी उषा राईको मृत्यु

  • लोकल सन्देश
  • मंगलबार, पौस ५ २०७९


ट्रकको ठक्करबाट रोङकी उषा राईको मृत्यु

इलाम । झापाको चारआलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । आइतबार राति ८ः३० बजे मेचीनगर नगरपालिका १३ चारआली बजारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ३३३६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे ७ प १७२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा इलाम रोङ गाउँपालिका ६ बस्ने २३ वर्षीया उषा राईको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक ३२ वर्षीय केशर राई र उषा गम्भीर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याईएको थियो । उषालाई अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक केशर सकुशल रहेका छन् ।

दुर्घटनापछि ठक्कर दिने ट्रक र ट्रक चालक पाँचथर मिक्लाजुङ गाउँपालिका १ बस्ने ३१ वर्षिय सुन्दरराज आङदम्बेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए । मोटरसाइकलमा दाजुबहिनी सवार थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार