Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

पत्रकार योङहाङ माथि प्रहरी धरपकडको पत्रकार महासंघ र प्रेस सेन्टरद्धारा भत्सर्ना

पत्रकार योङहाङ माथि प्रहरी धरपकडको पत्रकार महासंघ र प्रेस सेन्टरद्धारा भत्सर्ना

  • लोकल सन्देश
  • सोमबार, पौस ४ २०७९


पत्रकार योङहाङ माथि प्रहरी धरपकडको पत्रकार महासंघ र प्रेस सेन्टरद्धारा भत्सर्ना

इलाम : समाचार संकलनका लागि दमक पुगेका पत्रकार राम योङहाङ माथि भएको र्दुव्यवहारको नेपाल पत्रकार महासंघ र प्रेस सेन्टरले भत्सर्ना गरेको छ । इलाका प्रहरी कार्यालय दमक परिसरमा विद्यार्थीहरु माथि भएको कुटपिटको भिडियो खिचेको भन्दै प्रहरीले अभद्र व्यवहार गरेपछि नेपाल पत्रकार महासंघ इलाम, प्रेस सेन्टर नेपाल प्रदेश नम्बर एक समिति र प्रेस सेन्टर इलाम जिल्ला समितिले छुट्टा छुट्टै विज्ञती जारी गर्दै घटनाको भत्सर्ना गरेको हुन् ।

महासंघको तर्फबाट सचिव भिम चापागाई, प्रेस सेन्टर प्रदेश नम्बर १ को तर्फबाट  अध्यक्ष प्रभात घिमिरे विनोद र महासचिव सुजन तिमसिना तथा प्रेस सेन्टर इलामको तर्फबाट अध्यक्ष बुद्धमाया सोङ्मी र सचिव नमीन ढकालले हस्ताक्षर गरेर विज्ञप्ती जारी गरेका छन् ।

इलाम माङ्सेबुङ गाउँपालिका २ स्थायी घर भइ हाल दमकको हिमालय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीमाथि भएको निर्घात कुटपिटको बिषयमा रिपोटिङ गर्न पुगेका सौय दैनिकका इलाम सम्वाददाता, नयाँ बुलन्द अनलाइनका संचालक, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष एवम प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य योङहाङलाई इलाका प्रहरी कार्यालय दमकमा प्रमुख डिएसपी दिलिप कुमार गिरीको निर्देशनमा प्रहरी निरिक्षक देवानन्द मिश्रले नियन्त्रणमा लिएको घटनाको महासंघ र प्रेस सेन्टरले विरोध गरेका हुन् ।

रिपोटिङका क्रममा विवादित दुई पक्षबिच भएको मेलमिलापको भिडियो खिचेको भन्दै घटना पक्षका एकजना व्यक्तिलाई प्रहरीले हातपात र लछारपछार गरि मोबाइल खोस्दै गरेको भिडियो पत्रकार योङहाङले खिचेका थिए । मिश्रले नियन्त्रणमा लिएर माथिको आदेश भन्दै हिरासतमा राखि कैद गरेको भिडियो डिलिट गरेको घटनाले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रताको हक माथि गम्भिर प्रहार भएको ठहर गरिएको छ ।

स्वतन्त्र पत्रकारीतामाथि डर र त्रास फैलाउने गतिविधि भएकाले घटनाको सत्यतथ्य छानविन गरि निजहरुलाई आवश्यक कारबाहीको माग राखिएको छ । प्रहरीले योङहाङलाई करिब २० मिनेट हिरासतमा राखेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार