इलाम । नेपाल पत्रकार महासंघ इलामको १७ औ साधारणसभाको अवसरमा ८ जना पुर्व पत्रकारलाई सम्मान गरिएको छ । महासंघले जनप्रतिनिधि र निजामति कर्मचारी रहेका आफ्ना सदस्यहरुलाई सम्मानपत्र र दोसल्ला ओडाएर औपचारिक रुपमा सम्मान र विदाई गरेको हो ।

महासंघले जनप्रतिनिधिमा निर्वाचित माई नगरपालिका–७ का वडाध्यक्ष बुद्धि खनाल, सूर्योदय नगर कार्यपालिका सदस्य एवम प्रवक्ता ख्याम भुजेल, इलाम नगरपालिका–५ का पुर्व वडा सदस्य एवम प्रवक्ता ठाकुर नारायण श्रेष्ठ, सन्दकपुर गाउँपालिका–५ का वडा सदस्य कुमार गुरुङ र सूर्योदय नगरपालिका–९ का पुर्व वडा सदस्य जयकुमार राईलाई सम्मान गरेको हो ।

त्यसैगरी निजामति सेवा तर्फ प्रवेश गरेका शाखा अधिकृत अशोक बान्तवा, फाकफोकथुम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिलकुमार लावती, देवेन्द्र चापागाई, पशु प्राविधिक सुमन लावती, अमृत राई र कोकिला भण्डारी, नवराज वर्देवा सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि इलाम नगर प्रमुख केदार थापा र नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईले सम्मानपत्र र दोसल्ला प्रदान गरे ।

विप्लव भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा इलाम नगर प्रमुख केदार थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका झापा उपाध्यक्ष केशव भट्टराई, प्रदेश सदस्य सुरेन्द्र भण्डारी, महासंघका पुर्व केन्द्रिय सदस्य सटेन्द्र जवेगु, प्रेस सेन्टर अध्यक्ष बुद्धमाया सोङ्मी, सम्मानित व्यक्तित्व ख्याम भुजेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा महासंघका सचिव भिम चापागाईले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष राम योङहाङले आर्थिक बर्ष २०७७/७८ को १२ लाख २८ हजार ९२७ र २०७८/७९ को १९ लाख ६१ हजार ७६४ रुपैया बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

इलाम नगरपालिका–१० राजदुवाली स्थित निर्माणाधिन रंगशालामा भएको साधारणसभामा ७ बुँदे इलाम घोषणापत्र समेत तयार गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका प्रदेश उपाध्यक्ष लवदेव ढुङ्गाना, प्रदेश सदस्य तोयानाथ भट्टराई, पाँचथर अध्यक्ष गिरिराज बाँस्कोटा, जिल्ला प्रहरी उपरिक्षक दिलिप घिमिरे, शसस्त्र प्रहरी उपरिक्षक सुरेश सापकोटा, रणशार्दूल गण इलामका गणपति सुनील सुवेदी, जिल्ला प्रशासन कार्यालय इलामका प्रशासकिय अधिकृत यादव राउत, विभिन्न कार्यालयका प्रमुख एवम प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
