इलाम । ७४ औं विश्व मानवअधिकार दिवसको उपलक्ष्यमा भिम चापागाई पुरस्कृत भएका छन् । नवौ मानव अधिकार पत्रकारीता वर्ष पुरस्कार वितरण समारोहमा चापागाई पुरस्कृत भएका हुन् । कार्यक्रमको अध्यक्षताता मानवअधिकार मञ्च नेपाल,इलामकी सचिव दुर्गा देवि भट्टराईले गरेका थिइन् । कार्यक्रमको प्रमुख अतिथि इलाम क्षेत्र नम्बर १ का संसद महेश बस्नेत रहेका थिए ।
कार्यक्रम नवनिर्वाचित इलाम क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य महेश बस्नेतलाई मानवअधिकार मञ्च नेपाल,इलामको तर्फबाट सम्मान गरिएको थियोे । साथै मानवअधिकार पत्रकारीता वर्ष पुरस्कारबाट नेपाल पत्रकार महासंघ ईलाम शाखाका सचिव भिम चापागाईंलाई पुरस्कृत गरिएको हो ।