इलाम । ट्रयाक खोलिएको करिब ७ दशक पछि फिक्कल–नयाँबजार–जौबारी सडक कालोपत्रे गर्ने काम सुरु भएको छ । प्रदेश सरकारले ५३ करोडको लगानीमा कालोपत्रेको काम सुरु भएको हो । २ बर्ष अघि नै कालोपत्रे कार्य गर्नुपर्ने भएपनि कोभिडका कारण सडक स्तरोन्नतीको काम लम्बिदै आएको थियो । पहिलो चरणमा बरबोटेबाट साढे ५ किलोमिटर सडक कालोपत्रे हुनेछ ।

आज एक समारोहका विच सडक कालोपत्रेको कार्य शुभारम्भ भएको छ । निर्माण कम्पनी एपेक्स खनाल जोशी जेभिका प्रतिनिधि, स्थानीयबासिन्दा, जनप्रतिनिधि लगायतको उपस्थितीमा सडकको कालोपत्रे कार्य सुरु गरिएको हो । सडक कालोपत्रको कामको थालनी भएपछि इलामको उत्तरपूर्वी क्षेत्रका बासिन्दामा खुशियाली छाएको छ ।
फिक्कल देखी नयाँबजारसम्मकाे १९ किलोमिटर सडक पार गर्न ३१ घण्टा
पर्यटकको आवजावत हुने र देशकै सबैभन्दा ठूलो आलु विकास केन्द्र जौवारी हुँदै भारत जोड्ने सडक कालोपत्रे भएपछि स्थानीय उत्पादन सहज रुपमा बजार पुग्नेछ । २०७६ मंसिरमा एपेक्स खनाल जोशी जेभी निर्माणको सम्झौता भएको थियो । झापामा रहेको प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत कार्यान्वय हुँदै आएको छ ।

सूर्योदय नगरपालिका, माईजोगमाई र सन्दकपुर गाउँपालिकाबासीलाई सेवा पुग्ने सडकको २० किलोमिटर २ सय मिटर कालोपत्रे हुनेछ । सडक निर्माणका लागि ५३ करोड ८९ लाख ३८ हजार एक सय ४९ रुपैयाँ खर्च हुने पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश कुमार श्रेष्ठले बताए । यो सडक तीन बर्ष अघि मात्रै उन्नती परियोजना अन्र्तगत १४ करोड ४६ लाख ३४ हजार रुपियाँ खर्च स्तरोन्नती गरिएको थियो ।

सडक कालोपत्रे भएपछि भारतसँग सीमा जोडिने भएकाले सीमा क्षेत्रका नेपाली नागरिकको पनि नेपाली बजारसम्म पहुँच पुग्नेछ । सडक स्तरोन्नती र कालोपत्रेका लागि प्रदेश सरकार संस्कृति तथा पर्यटनमन्त्री खिनु लङ्वाले पहल गर्दै आएकी थिइन् ।