इलाम : जिल्लाको रोङ गाउँपालिका–६ जिर्मलेमा बाघको आतङ्क बढेपछि स्थानीयबासिन्दा त्रसित भएका छन् । किसानले पालेको गोरु र बाख्राहरु दिनहु खान थालेपछि किसानहरु त्रसित बनेका हुन्। बिगत एक सातादेखि बाघ नियमित रुपमा गाउँ पसेर खड्ग बहादुर राई,लालबिर राई र बिक्रम राईको तिनवटा गोरु बाधेकै ठाउँमा मारेर खाएको छ ।
त्यसैगरी सोहि गाउँको शरण राईको दुईवटा बाख्रा खोरमा नै खाईदिएको स्थानिय गणेश राईले बताए । यसरी बाघको आतंक बढेपछि गाउँमा मानिसहरुलाई घाँस दाउरा गर्नमा र रातसाझ हिड्नमा पनि असहज भएको छ ।