Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

सुवासचन्द्र नेम्वाङ ५ औ पटक सांसद

सुवासचन्द्र नेम्वाङ ५ औ पटक सांसद

  • लोकल सन्देश
  • शनिबार, मंसिर १० २०७९


सुवासचन्द्र नेम्वाङ ५ औ पटक सांसद

इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका छन् । विवादका विचमा सम्पन्न मतगणनाको परिणाम अनुसार नेम्वाङ ११४ मतान्तरका साथ निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार नेम्वाङले ३० हजार २० मत पाउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले २९ हजार ९०६ मत ल्याएका छन् ।

२०५६ सालबाट इलाम–२ बाट निर्वाचनमा होमिएका पुर्व सभामुख नेम्वाङ ५ औ पटक सांसद चुनिएका हुन् । उनी यसअघि २०५६, २०६५, २०७० र २०७४ मा इलाम–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार