Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम-२ मा रोकियो मतगणना, गठबन्धनको नाराबाजी

इलाम-२ मा रोकियो मतगणना, गठबन्धनको नाराबाजी

  • लोकल सन्देश
  • शनिबार, मंसिर १० २०७९


इलाम-२ मा रोकियो मतगणना, गठबन्धनको नाराबाजी

इलाम क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ। अन्तिम मतगणना भइरहँदा निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै सत्ता गठबन्धन नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहदुर खड्काका प्रतिनिधिले मतगणना स्थगित गराएका हुन्।

सत्ता गठबन्धनका दलहरुले धाँधली भएको आशंकामा अहिले मतगणनास्थल बाहिर नाराबाजी गरिरहेका छन् । एउटा वडाको १९ सय ९२ मतको परिणाम आउनु अघि एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङ १३० मतले मात्रै अगाडि छन् ।

मत गणना रोकिएको इलाम नगरपालिकाको वडा नम्बर १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडा अध्यक्ष गायत्रीराम बस्नेतले एमालेका अम्बिकाप्रसाद गौतमलाई १५९ मतले पराजित गरेका थिए ।

बस्नेतले एक हजार १८१ मत पाएका थिए भने गौतमले एक हजार २२ मत प्राप्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार