इलाम क्षेत्र २ मा नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार सुवासचन्द्र नेम्वाङको पछि परेका छन् । इलाम नगरपालिका–३ को मतगणना सार्वजनिक भएसंगै नेम्वाङ १६ मतले पछि परेका हुन् । नेम्वाङले २८ हजार ४ सय ७० मत ल्याउँदा उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका डम्बर खड्काले २८ हजार ४ सय ८६ मत ल्याएका छन् ।
अब इलाम क्षेत्र नं २ मा इलाम नगरपालिका–१ र २ को मतगणना गर्न बाँकी रहेको छ । इलाम नगर प्रवेश भएसंगै डम्बरले अग्रता घटाउँदै ल्याएका थिए । वडा नं ३ को गणनामा आइपुग्दा उनले नेम्वाङलाई उछिन्न पुगेका हुन् ।