Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

१ हजार ४ सय मत गन्न बाँकी रहँदै राम राना बिजयी

१ हजार ४ सय मत गन्न बाँकी रहँदै राम राना बिजयी

  • लोकल सन्देश
  • बिहिबार, मंसिर ८ २०७९


१ हजार ४ सय मत गन्न बाँकी रहँदै राम राना बिजयी

इलाम । इलाम–२ को २ मा नेकपा एमालेका राम राना बिजयी भएका छन् । मतगणनाको परिणाम नसकिदै राना बिजयी भएका हुन् । सो क्षेत्रमा पर्ने फाकफोकथुम गाउँपालिकाको मतगणना नसकिदै रानाले बिजयी मत पाएका छन् । रानाले अहिलेसम्म २ हजार ४८० मतको फराकिलो अग्रता बनाएका छन् ।

उनले १३ हजार १२३ मत पाउँदा निकटम प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका हर्क लावतीले १० हजार ६४३ मत पाएका छन् । फाकफोकथुममा अब १ हजार ४ सय ३४ मत गन्न बाँकी छ । नेकपा एमाले केन्द्रिय सदस्य एवम इलाम इन्र्चाज राना लगातार दोश्रो पटक प्रदेश सांसद बनेका हुन् ।

यसअघि इलाम–२ को १ बाट प्रदेश सांसद बनेका उनी २०७६ माघमा प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री बनेका थिए । नेकपा विभाजन पछि शेरधन राई नेतृत्वको सरकारमा २०७७ चैत्रमा उनी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बनेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार