Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम–१ : मतगणना सुचारु गर्ने सहमति, नेकपा एसका प्रतिनिधिले हस्ताक्षर गरेनन्

इलाम–१ : मतगणना सुचारु गर्ने सहमति, नेकपा एसका प्रतिनिधिले हस्ताक्षर गरेनन्

  • लोकल सन्देश
  • बिहिबार, मंसिर ८ २०७९


इलाम–१ : मतगणना सुचारु गर्ने सहमति, नेकपा एसका प्रतिनिधिले हस्ताक्षर गरेनन्

इलाम : जिल्लाको १ नम्बर क्षेत्रमा रोकिएको मतगणना सुचारु गर्ने सहमति भएको छ। विभिन्न राजनीति दलका प्रतिनिधि र स्वतन्त्र उम्मेदवारहरुबीच सर्वदलीय बैठकबाट मतगणना सुचारु गर्ने सहमति भएको हो। सहमतिपत्रमा नेकपा एमालेका होम कार्की र युवराज बाशिष्ठ, नेपाली कांग्रेसका देवेन्द्र सुवेदी, माओवादी केन्द्रका देवी प्रसाद उप्रेती, मंगोल नेशनल अर्गनाइजेसनका राजन चाम्लिङ र स्वतन्त्र विक्रम पाण्डेले हस्ताक्षर गरेका छन्।

सहमति पत्रमा लेखिएको छ। ‘ मतगणना सम्बन्धमा निर्णय गर्दा अवरुद्ध भएको मतगणना कार्य दिउँसो ४स्३० बजे मतगणना गर्ने निर्णय गरियो। उक्त समयमा मतगणना प्रतिनिधि पठाउने निर्णय गरियो।’ सर्वदलीय बैठकमा सहभागि भए पनि नेकपा एकीकृत समाजवादीका प्रतिनिधिले हस्ताक्षर गरेका छैनन्।

इलाम–१ मा २३ हजार ८ सय ६५ मतगणना सकिएको छ। सार्वजनिक भएको नतिजाअनुसार नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल १ हजार ५ सय ७ मतान्तरले पछि देखिएका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार