इलाम क्षेत्र नं २ मा नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् । प्रारम्भिक चरणमा नेपाली कांग्रेसका डम्बर खड्कालाई पछयाएका पुर्व सभामुख नेम्वाङले चुलाचुली गाउँपालिकाको मतगणना सम्पन्न हुँदा अग्रता लिएका थिए ।
माई नगरपालिका–६ र ७ को गणना सम्पन्न हुँदा नेम्वाङले अग्रता १ हजार १ सय ९३ मतान्तरले अग्रता बनाएका छन् । नेम्वाङले ९ हजार २ सय १८ मत ल्याउँदा खड्काले ८ हजार २५ मत पाएका छन् ।