Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

ज्यामद्वारमा ट्रकमा आगलागि

ज्यामद्वारमा ट्रकमा आगलागि

  • लोकल सन्देश
  • बुधबार, मंसिर ७ २०७९


ज्यामद्वारमा ट्रकमा आगलागि

माई । बाँस बोक्न हिडेको मालबाहक ट्रक आज बिहान करिब ३:३० बजे ज्यामद्वारकाे जंगलमा आगलागि भएको छ। माई नगरपालिकाबाट झापा तर्फ जाँदै गरेको ना.६ ख ४०६२ नम्बरको ट्रक ईलेक्ट्रीक सर्ट भई आगलागी भएको थियो ।
आगलागी भएको ट्रकमा चालक तुलसी ढकाल मात्र रहेका र निभाउने प्रयास गर्दा हात जलेर नसके पछि गाडी छोडेर गाडी धनिको सम्पर्कमा गएका थिए।

बिहान ४ बजे घना जंगलमा गाडी जल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरिएको स्थानीय गोबिन्द सोताङ्गले जानकारी दिए । प्रहरीले विहान ५ बजे ट्रकमा लागेको आगो नियन्त्रणमा लिएको लोदिया प्रहरी चौकीका प्रमुख पदम सुन्दर लिम्बुले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार