Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाम–१ को १ : लङ्वाको अग्रता कायमै

इलाम–१ को १ : लङ्वाको अग्रता कायमै

  • लोकल सन्देश
  • मंगलबार, मंसिर ६ २०७९


इलाम–१ को १ : लङ्वाको अग्रता कायमै

इलाम क्षेत्र नं १ को १ मा सत्ता गठबन्धन नेकपा एकिकृत समाजवादीकी खिनु लङ्वाले अग्रता कायम राखेकी छन् । १० हजार ९ सय ८३ मतको परिणाम सार्वजनिक हुँदा प्रदेशको संस्कृति तथा पर्यटनमन्त्री समेत रहेकी लङ्वाले ५ हजार ५७ मत पाएकी छन् । निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेकी शोभा पराजुलीले ४ हजार ४०२ मत पाएकी छन् ।

राप्रपाका कृष्ण कट्टेलले ४३१, मंगोल नेशनल अर्गनाइजेसनका अमुम देव माक्रेहाङले ३४४, जसपाका लिलाबहादुर सुनुवारले २३२, संघीय लिम्बुवान राष्ट्रिय मञ्चकी सुष्मा फागोले १०७, जरोकिलो पार्टीका आशिष महतले ४५ र राष्ट्रिय जनमुक्तिका दल प्रसाद लिम्बुले ८८ मत पाएका छन् । कुल खसेको मत मध्ये १० हजार ७ सय ६ सदर भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार