ताप्लेजुङ। एक मात्र प्रतिनिधिसभा क्षेत्र रहेको ताप्लेजुङमा एमाले सचिव योगेश कुमार भट्टराईलाई पछि पार्दै गठबन्धनबाट उम्मेदवार रहेका माओवादीका उम्मेदवार खेलप्रसाद बुढा क्षेत्री ९पराग० ले अग्रता लिएका छन् ।
४८ हजार ३ सय ७२ मध्ये ४ हजार १ सय २१ मत गणना गर्दा क्षेत्रीले ५ सय ५६ मत बढी पाएर अग्रता लिएका हुन् । क्षेत्रीले कुल २ हजार १ सय ६१ मत प्राप्त गर्दा भट्टराईले १ हजार ६ सय ५ मत पाएका छन् । अहिले सम्म फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङ गोला, लेलेप, खेजेनिम, सिरिजंगाको तेल्लोक, पाथीभरा याङवरक ४ डुम्रिसेको मतगणना भइसकेको छ ।