इलाम क्षेत्र नं १ को २ मा नेपाली कांग्रेसका शम्शेर राईले अग्रता लिएका छन् । ७ हजार ५ सय ११ मत गणना हुँदा राईले ३ हजार ३ सय ६ मत पाएका छन् । उनको निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका दिपककुमार थेवेले ३ हजार १ सय ३२ मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रकुमार लामिछानेले ३ सय १४, मंगोल नेशनल अर्गनाइजेसनका प्रेमकुमार तामाङले २ सय ४५, जनता समाजवादी पार्टीका ओपेन्द्र राईले १ सय ५१ र राष्ट्रिय जनमुक्ति पार्टीकी इन्द्रकुमार लुङ्गेलीले ७४ मत पाएकी छन् । खसेको मध्ये २ सय ८९ मत बदर भएको छ ।