इलाम क्षेत्र नं १ मा झलनाथ खनाल विरुद्ध नेकपा एमालेका महेश बस्नेतले मतान्तर बढाउँदै लगेका छन् । भखरै सार्वजनिक परिणाम अनुसार बस्नेतले ५४८ मतले अग्रता बनाइरहेका छन् । १० हजार १४२ मत गणना हुँदा बस्नेतले ४ हजार ३४६ मत पाएका छन् । उनलाई पछयाइरहेका पुर्व प्रधानमन्त्री खनालले ३ हजार ७८८ मत पाएका छन् ।
मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले ४ सय ५२, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले ३५०, जनता समाजवादीका कमल कुमार राईले २७३ मत पाएका छन् । कांग्रेस विपिका गणेश प्रसाद पौडेल ९०, स्वतन्त्र उम्मेदवार विक्रम पाण्डे १७४ मत, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बु ४७ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार निमा तेन्जिङ शेर्पा ६५ मत, स्वतन्त्र उम्मेदवार नेत्र रेग्मी ६६ मत, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले ११ मत पाएका छन् । गणना भएका ९ हजार ६ सय ५२ मत सदर भएको छ ।