फिक्कल । इलाम क्षेत्र नं १ मा झलनाथ खनाल विरुद्ध नेकपा एमालेका महेश बस्नेतले अग्रता कायम राखेका छन् । दोश्रो मत परिणाम सार्वजनिक हुँदा बस्नेतले २ हजार ४ सय ८५ मत प्राप्त गरेका छन् । खनालले २ हजार १० मत प्राप्त गरे । मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले २ सय २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले २१९, जनता समाजवादीका कमल कुमार राईले ६८ मत पाएका छन् ।
कांग्रेस विपिका गणेश प्रसाद पौडेल ८४, स्वतन्त्र उम्मेदवार विक्रम पाण्डे ६१ मत, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बु २७, स्वतन्त्र उम्मेदवार निमा तेन्जिङ शेर्पा २३ मत, स्वतन्त्र उम्मेदवार नेत्र रेग्मी ५ मत, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले ७ मत पाएका छन् । हालसम्म ५ हजार ४ सय ६९ मत गणना हुँदा ५ हजार २ सय ९ मत सदर भएको छ ।