इलाम क्षेत्र नम्बर–२ मा नेपाली कांग्रेसका डम्बर खड्काले सुवास नेम्वाङ विरुद्ध अग्रता कायम राखेका छन् । ६७० मत गणना हुँदा उनले ३४२ मत प्राप्त गरे । नेकपा एमालेका नेम्वाङले २७५ मत पाएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेश प्रसाद दुलालले ४ मत पाउँदा जनता समाजवादी पार्टीका याम प्रसाद लिम्बुले ३ मत पाए ।