इलाम : पुर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेको छ। करिब सय मतपत्र त्यस्तो पाइएको मुख्य निर्वाचन अधिकृत राजकुमार दाहालले बताए।
इलाम क्षेत्र नम्बर १ को गोर्खे मंगलबारे मतदान केन्द्रको व्यालेटबक्समा यस्तो मतपत्र भेटिएको थियो । ‘करिब १ सय प्रतिनिधि सभाको मतपत्र प्रदेश सभाको बाकसमा खसेपछि सर्वदलीय निर्णयबाट सहमतीको प्रयास भइरहेको छ । ,’ दाहालले भने।
निर्वाचन आयोगबाट निर्णय नआउँदा त्यहाँ मतगणनामा ढिलाइ भएको छ। ११ बजेबाट मतगणना सुरू हुने बताइएको थियो। अब १२ बजेको अर्को सर्वदलीय बैठक बसेर निर्णय गर्नेछ ।