इलाम । मतदातको क्रम सकिएपछि इलाममा धमाधम मतपेटिका संकलन काम शुरु भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको इलामको क्षेत्र नम्बर १ को सूर्योदय नगरपालिकामा र क्षेत्र नम्बर २ को इलाम सिटि हलमा मतपेटिका संकलनको काम धमाधम भइरहेको हो ।

मतपेटिका राती १२ बजेसम्ममा संकलन भइसक्ने इलामका मुख्य निर्वाचन अधिकृत दिपक दाहालले बताए ।
