इलाम । इलामको माइ नगरपालिका–४ सुखानीमा मत पेटिका बोकेको गाडीलाई लक्षित गरि बम प्रहार भएको छ । निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार मत पेटिका बोकेको गाडी अघि बम प्रहार भए पनि कुनै क्षति भएको छैन । सुरक्षा संयन्त्रले स्कटिङ गरे, मतगणना स्थल तर्फ लग्ने कार्य भइरहेको छ । इलाम क्षेत्र नं १ को मतपेटिका गणनाको लागि फिक्कलमा रहेको मतगणनास्थल तर्फ लगिदै थियो । बम विस्फोट लगतै ठुलो संख्यामा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरी सुखानी क्षेत्रमा परिचालन भएको छ ।