इलाम : प्रतिनिधिसभा तथा प्रदेशसभाको जारी निर्वाचनमा इलाममा किरियापुत्रीले पनि मतदान गरेका छन्। सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकामा किरियापुत्रीले मतदान गरेका हुन्।
सन्दकपुर–३ को युवा आधारभूत विद्यालयबाट जनार्दन उप्रेती, बालकृष्ण उप्रेती लगायत १० किरियापुत्रीले मतदान गरेको स्थानीय सञ्चारकर्मी विष्णु गड्तौलाले जानकारी दिए। उनीहरूका बुबा देउताराम उप्रेतीको ३ दिनअघि मृत्यु भएको थियो।
इलाम नगरपालिका–५, बरबोटेका किरियापुत्री तुलसी बराल र उनकी पत्नी ताराले स्थानीय गुरुकुल विद्यालय केन्द्रबाट मतदान गरेका छन्। तुलसीका बुबा गायत्री बरालको ४ दिनअघि मृत्यु भएको थियो।