इलाम । नेकपा एमालेका उपाध्यक्ष सुबास चन्द्र नेम्बाङले मतदान गरेका छन् । इलाम नगरपालिका वडा नं ७ स्थित मरब क्याम्पस इलामको मतदान केन्द्रमा बिहान ८बजे मतदान गरेका हुन् ।
उनी नेकपा एमालेका तर्फबाट इलाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभाका उमेद्धवार हुन् ।

यस्तै ५ दलिय गठबन्धनका सोहि निर्वाचन क्षेत्रका उमेद्धवार डम्बर खड्काले इलाम नगरपालिका वडा नं ७ स्थित मरब क्याम्पस इलामको मतदान केन्द्रमा बिहान ७ बजे मतदान गरेका छन् ।