इलाम । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय संसद र प्रदेशसभा निर्वाचनमा मतदान गरेका छन् । सूर्योदय नगरपालिका ९ स्थित राष्ट्रिय आधारभुत विद्यालयमा पुगेर बिहान ८ बजे मतदान गरेका हुन् ।

खनालको स–परिवार मतदान गरेका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका खनालले गठबन्धनले निर्वाचनबाट स्पष्ट बहुमत पाउने बताए । उनले संविधान रक्षाको ग्यारेन्टि र गणतन्त्र संस्थागत नहुञ्जेलसम्म ५ दलिय गठबन्धन कायम रहने बताए ।
