इलाम । मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचका लागि तयारी पुरा भएसँगै सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको छ । भयरहित निर्वाचन सम्पन्न गर्न चार वटै सुरक्षा निकायका सुरक्षाकर्मीहरु एकिकृत सुरक्षा योजना बनाइ सुरक्षाकर्मी परिचालित गरिएको हो । २ संघीय र ४ प्रदेशसभा निर्वाचन क्षेत्र रहेको इलाममा निर्वाचनको सुरक्षाका लागि इलाममा ३ हजार ३ सय २३ सुरक्षाकर्मी परिचालन भएका छन् ।

तयारी पुरा भएको छ । १० वटा स्थानीय तह रहेको इलाममा सबै तहमा चारवटै सुरक्षा निकायको टोली निर्वाचन सुरक्षमा परिचालन भएको छ । म्यादी प्रहरी सहित नेपाल प्रहरी शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन भइसकेको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले बताए ।
निर्वाचनमा नेपाली सेनाको ५ सय ५०, शसस्त्र प्रहरी बल ४ सय ४५ जना खटिएका छन् । नेपाल प्रहरीको ७ सय ७५ स्थायी गरि १४ सय ४८ म्यादी प्रहरी खटिएका छन् । राष्ट्रिय अनुसन्धानको १५ सहित निर्वाचनमा जम्मा इलाममा ३ हजार ३ सय २३ जना सुरक्षाकर्मी खटिएका छन् ।
निर्वाचनमा पर्याप्त सवारीसाधन सुरक्षाकर्मीको नभएकाले भाडामा सवारीसाधन व्यवस्था गरिएको छ । १ सय ५० मतदान स्थल रहेको इलाममा नेपाली प्रहरीको पहिलो घेरा, दोस्रो मा शसस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुनेछ । अहिले शसस्त्र प्रहरी र नेपाली सेनाले अहिले सुरक्षा संवेदनसिल हेरर मोवाइल गस्ति गरिरहेको छ ।
जिल्ला सुरक्षा समितिले ३ तहमा मतदानस्थल वर्गिकरण गरि सुरक्षा योजना लागु गरि सुरक्षाकर्मी परिचालन गरेको छ । इलाममा अति संवेदनसिल ३६, संवेदनसिल ५५ र सामान्य ५९ वटा मतदानस्थल रहेका छन् । निर्वाचनको तयारी पुरा भइसकेकाले भोली विहान ७ बजेबाट मतदानको काम हुनेछ ।