Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

अग्लो स्थानमा नृत्य गरेर जेडी र छिरिङले बनाए विश्व कीर्तिमान

अग्लो स्थानमा नृत्य गरेर जेडी र छिरिङले बनाए विश्व कीर्तिमान

  • लोकल सन्देश
  • शुक्रबार, मंसिर २ २०७९


अग्लो स्थानमा नृत्य गरेर जेडी र छिरिङले बनाए विश्व कीर्तिमान

इलाम । कोरियोग्राफर तथा कन्टेम्पोरेरी डान्सर जेडी तमु र डांसिंग स्टार नेपालका विजेता छिरिङ शेर्पा मिलेर अग्लो ठाउँमा नृत्य गरेर कीर्तिमान कायम गरेका छन्। बिहीबार ​सर्बोच्च शिखर सगरमाथाको काखमा पर्ने कालापत्थर,पाँच हजार ६०० मिटर उचाइमा उनिहरूले यो कीर्तिमान कायम गरेका हुन्।

यो शीर्षकमा विश्व कीर्तिमान कायम गर्ने विश्वभरिबाटै पहिलो टोली हो। विभिन्न नेपाली लोक नृत्य समायोजन गरी तीन मिनेट लामो प्रस्तुति गरिएको थियो। नेपाली कला संस्कृति र पर्यटनलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम गरेको बताइएको छ। नृत्यलाई सरस्वती धिमालले कोरियोग्राफ गरेकी हुन्, जसलाई प्रेम पौडेलले छायांकन गरेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार