Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

शहीद रत्नकुमारका सपना साकार पार्न हामी तयार छौंः पालुङ्वा

शहीद रत्नकुमारका सपना साकार पार्न हामी तयार छौंः पालुङ्वा

  • सन्देश सम्वाददाता
  • सोमबार, कार्तिक २१ २०७९


शहीद रत्नकुमारका सपना साकार पार्न हामी तयार छौंः पालुङ्वा

इभाङ । शहीद रत्नकुमार वान्तावाको शालिकमा फूलमाला अर्पण गर्दै शहीदको सपना अब जनमुक्तिको विचारले साकार पार्ने इलाम क्षेत्र नं। २ का उम्मेद्वार तथा पार्टी अध्यक्ष केपी पालुङ्वाले बताएका छन् । चुनावी प्रचार अभियान अन्तर्गत माङसेबुङ–१ इभाङमा रहेको शहीद वान्तावाको प्रतिमामा फूलमाला तथा अविर अर्पण गर्दै उम्मेद्वार पालुङ्वाले ठूला दलका नेताहरुले शहीदको शालिकलाई साँक्षी राखेर शहीदका सपनालाई बेवास्ता गरेका बताए ।

उनले आज कुनै पनि दीगो काम हुन सकेको ठोकुवा गर्दै बान्तवाको अगाडि उभिएर उनले भने ‘म भन्छु उनीहरुको सपना साकार पार्ने काममा आफू र आफ्नो पार्टीको ध्यान केन्द्रीत रहेको छ ।’ कम्युनिष्ट नेताको रुपमा उभिएका वान्तावा पञ्चायतकालमा प्रहरीबाट हत्या गरिएको थियो । वान्तावा वर्गीय मुक्ति र स्वाधिनताका लागि इलामबाट कम्युनिष्ट पार्टीबाट आन्दोलनमा होमिएका थिए ।

शहीदको प्रतिमामा फुलमाला लगाउँदै पार्टीका संघीय सभा सदस्य लोक आङ्लाले शहीद रत्नकुमार वान्तावाको योगदानप्रति कम्युनिष्टहरुले पूर्ण ध्यान नदिएको आरोप लगाए । क्षेत्रीय उपाध्यक्ष धनराज सम्वाहाम्फेले रत्नकुमार जनजातिभित्रका तिक्ष्ण दिमाग भएका नेता भएको बताए । उनको हत्या प्रहरीबाट भए पनि उनले उठाएका विचारहरु अझै ताजा रहेको स्मरण गरे ।

पार्टीका गोविन थेवेको सभापतित्वमा भएको पुष्प अर्पण कार्यक्रमको सञ्चालन सीताराम राईले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार