Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

रगुनको ‘तिम्रो मुस्कान भित्र ’

रगुनको ‘तिम्रो मुस्कान भित्र ’

  • लोकल सन्देश
  • आइतबार, कार्तिक २० २०७९


रगुनको ‘तिम्रो मुस्कान भित्र ’

गायक रगुन गुरुङको तिम्रो मुस्कान भित्र मेरो जिवन बोलको गित सार्वजनिक भएको छ । कमला राईको शब्द र रुविन जोएको संगित रहेको गित गुरुङले आफ्नो अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन् ।

गजल विधाको प्रेमिल भाव दर्शाइएको गितमा रगुनको एकल स्वर रहेको छ । सूर्योदय नगरपालिको बरबोटेलाई कर्मथलो बनाएका गुरुङ विद्यालय संचालनसंगै संगीत साधानमा बिताउँदै आएका छन् ।

शिक्षणबाट कमाएको पैसा संगीतमा खर्च गरेर संगीत साधना गरिरहेका उनलाई एल्बम विक्रीबाटै खर्च उठाइएला भन्ने आशा छैन । ०६२ सालमा ‘अल्झियौ अड्कियौ यो मन भित्र किन, सम्झनाको तरेलीमा तिम्रो तस्बिर किन हौ किन’ बोलको गीत रेकर्ड गराएर औपचारिक रुपमा सांगीतिक यात्रा शुरु गरेका गुरुङले संगितको औपचारिक शिक्षा लिएका छैनन् ।

https://www.youtube.com/watch?v=tqgEgCNmZN8

प्रतिक्रिया
सम्बन्धित समाचार