Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माओवादी केन्द्रद्धारा बाम-लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समिति प्रतिनिधि सिफारिस

माओवादी केन्द्रद्धारा बाम-लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समिति प्रतिनिधि सिफारिस

  • लोकल सन्देश
  • सोमबार, कार्तिक ७ २०७९


माओवादी केन्द्रद्धारा बाम-लोकतान्त्रिक गठबन्धनको निर्वाचन परिचालन समिति प्रतिनिधि सिफारिस

फिक्कल । नेकपा माओवादी केन्द्र सूर्योदय नगर समितिले बाम लोकतान्त्रिक गठबन्धनको अन्य दलहरुसंग संयुक्त निर्वाचन परिचालन समितिमा प्रतिनिधिहरु सिफारिस गरेको छ । गठबन्धनको जिल्ला समितिबाट प्रविण तिमसिना र देवी प्रसाद उप्रेती सिफारिसमा परेका छन् ।

सूर्योदय नगरको निर्वाचन परिचाल समितिमा तिर्थराज आचार्यको संयोजकत्वमा र प्रत्येक वडा अध्यक्षको नेतृत्वमा वडा स्तरिय निर्वाचन परिचालन समिति गठन गरिएको छ । माओवादी केन्द्रको बैठकले वडा नं १ मा काजी पाण्डे र महेश मोदी, वडा नं २ मा इन्दिरा घिमिरे र फुर्वा तामाङ, वडा नं ३ मा गायत्री सापकोटा, वडा नं ४ मा छिरिङ तामाङ र विष्णु मगर, वडा नं ५ मा बेलकुमार खड्का खम बहादुर दियाली, वडा नं ६ मा ठाकुर गड्तौला र झपेन्द्र ढकाल तथा वडा नं ७ मा बिष्णु भट्टराईलाई सिफारिस गरिएको हो ।

त्यसैगरी वडा नं ८ मा केशव केसी र तारा कुमार प्रधान, वडा नं ९ मा राज राई, तारा दुलाल र स्मृति राई, वडा नं १० मा बिष्णु प्रसाद मैनाली र इन्द्र लामा, वडा नं ११ मा सावित्री राई र गजाधर अधिकारी, वडा नं १२ मा नन्दलाल बिष्ट, वडा नं १३ मा प्रेम राई र राधेश्याम आचार्य तथा वडा नं १४ मा हिमान तामाङ र पदमा देवी पोख्रेल रहेका छन् ।

कार्यालयमा बिपिन पोख्रेल, पदाधिकारीबाट वडा नं १, २ र ३ मा पुष्पलाल आचार्य, वडा नं ४, ५, ६, ७, ८ र १० मा देवीप्रसाद उप्रेती, वडा नं ९, ११, १२, १३ र १४ मा धनश्याम पौडेल रहेका छन् ।

बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त परिचालन समितिमा नेकपा माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष घनश्याम थापा र सचिव तिर्थराज आचार्यलाई थप गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार