Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

माइजाेगमाइमा पाेखरिमा डुबेर मृत्युु

माइजाेगमाइमा पाेखरिमा डुबेर मृत्युु

  • राेशन काफ्ले
  • सोमबार, कार्तिक ७ २०७९


माइजाेगमाइमा पाेखरिमा डुबेर मृत्युु

इलाम । इलामको माईजोगमाइ गाउपालिकाको पर्यटकिय क्षेत्र थुम्केरानिमा गत साल निर्माण भएको पोखरिमा एक बालकको पौडी खेल्ने क्रममा पोखरिमा डुबेर मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाम नगरपालिका वडा नं ३ घर भइ माईजोगमाई १ नयाबजार मावलिमा बस्दै आएका साइद गुरुङ्ग रहेको प्रहरिले जनाएको छ । हिजो दिउँसो करिब १ बजेबाट हराइरहेका उक्त बालकको खोजि गर्ने क्रममा थुम्के स्थित पोखरी बाहिर कपडा देखेपछी पोखरिमा पसेको आशंकामा खोजी गर्ने क्रममा पोखरी भित्र हिलोमा शव भेटिएको हो । एक जना साथी सग घुम्न जाने क्रममा थुम्के पुगेका उक्त १४ बर्षिय बालक पोखरिमा पौडी खेल्न पसेको पोखरिबाट ननिस्किए पछि उस्को साथिले प्रहरिलाई खबर गरेका थिए। करिब १ बजे बाट हराइरहेका उक्त बालकको शब राती ९ बजे प्रहरि शसस्त्र प्रहरी र स्थानियले भेटेका थिए ।पोखरी भित्र हिलो गहिरो र पानीको मात्रा धेरै भएका कारण जेसिबिले पोखरिलाई भत्काएर हेर्दा राती ९ बजे बालकको शब भेटिएको हो । प्रहरिले शबलाई पोष्टमार्टमका लागि इलाम लगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार