सन्दकपूर । इलामको सन्दकपूर ३ स्थित सरस्वती माध्यमिक विद्यालयका बार्षिकउत्सव विभिन्न कार्यक्रम गरि सम्पन्न भएको छ । सरस्वती मावि सन्दकपुर ३ को ७१ औ बार्षिक उत्सव शिक्षा क्षेत्रका समाजसेवी, राजनीतिक दल, पूर्व विद्यार्थी र जनप्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

व्यवस्थापन समिति अध्यक्ष नेत्र प्रसाद रिजाल, प्रमुख अथिति पालिका उपाध्यक्ष हरि बहादूर लुङ्गेली, निर्वतमान पालिका उपाध्यक्ष सोभा पराजुली, वडा नम्बर ३ का वडाध्यक्ष लिला बहादूर बुर्जा, वडासदस्य सोम बहादूर साउदेन, शिक्षक अभिभावक संघका अध्यक्ष ठाकुर राई लगायतको आथित्यता रहेको थियो । बार्षिकउत्सवको अवसरमा विभिन्न रचनात्मक कार्यक्रमहरु आयोजना गरिएको थियो ।
