Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

हरिकुमार रानाले त्यागे एमाले ! माओवादीबाट उम्मेदवार बन्दै

हरिकुमार रानाले त्यागे एमाले ! माओवादीबाट उम्मेदवार बन्दै

  • लोकल सन्देश
  • आइतबार, असोज २३ २०७९


हरिकुमार रानाले त्यागे एमाले ! माओवादीबाट उम्मेदवार बन्दै

फिक्कल । एमाले नेता हरिकुमार रानाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अर्जुनधारा नगरपालिकाका निवर्तमान नगर प्रमुख हुन् । २०३९÷०४० सालदेखि पार्टीमा आवद्ध भएका रानाले हिजो (असोज २२ गते) शनिबारको मितिबाट नेकपा एमाले परित्याग गरेको घोषणा गरेका हुन् ।

उनी आसन्न निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्ने चर्चा छ । सो क्षेत्रमा गठबन्धनबाट नेकपा माओवादीले पाएको छ । राना उम्मेदवार बन्ने भएपछि झापा क्षेत्र नं २ मा धर्मशिला चापागाईले उम्मेदवारी दर्ता नगर्ने भएकी छन् ।

माओवादी केन्द्रका नेता एवम प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो मौसम, कृषि मन्त्री झलक सिंह दलार्मी सन्देश, संविधानसभा सदस्य मोहन टुडु लगायतसंगको तस्बिर सार्वजनिक भएको छ । माओवादी नेताहरुसंगको तस्बिर सार्वजनिक भएपछि रानाको राजनीतिक यात्रालाई अर्थपुर्ण रुपमा हेरिएको छ ।

एमाले प्रदेश कमिटी सदस्य रहेका राना यसअघि शनिश्चरे गाविसको २ पटक अध्यक्ष र एक पटक अर्जुनधारा नगरपालिकाका प्रमुख भइसकेका छन् । उनी क्षेत्रका निष्ठावान नेताका रुपमा परिचित छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार