Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

दुई महिनाको प्रयासपछि गठबन्धनको सिट बाँडफाँट

दुई महिनाको प्रयासपछि गठबन्धनको सिट बाँडफाँट

  • लोकल सन्देश
  • शनिबार, असोज २२ २०७९


दुई महिनाको प्रयासपछि गठबन्धनको सिट बाँडफाँट

काठमाडौँ  ।   सत्तारूढ गठबन्धन दलले दुई महिनाको प्रयासपछि प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवारी बाँडफाँट गरेका छन् । गठबन्धनबाट जसपा बाहिरिएपछि कांग्रेस, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सिट बाँडफाँट गरेका हुन् । कांग्रेसलाई ८४, माओवादीलाई ४७, एकीकृत समाजवादीलाई १९ र जनमोर्चालाई २ सिट‚ बाँकी १३ सिटमा लोसपासँग थप छलफल गरी टुंग्याउने जिम्मा कांग्रेसलाई जिम्मा ।

मधेसको अर्को शक्ति लोसपालाई समेत गठबन्धनमा सामेल गर्ने गरी दलहरूले १३ सिटको टुंगो लगाउन बाँकी राखेका छन् । शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले गरेको सहमतिअनुसार कांग्रेसले ८४ सिट लिएको छ । त्यस्तै माओवादीले ४७, एकीकृत समाजवादीले १९ र जनमोर्चाले २ सिट पाउने भएका छन् । सप्तरी १ र २, सिरहा ४, धनुषा २ र ३, महोत्तरी ३ र ४, सर्लाही १, बारा २ र ३, पर्सा १ र ३ तथा बाँके १ मा सिट बाँडफाँट गरिएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार