Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

इलाममा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्यनमा

इलाममा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्यनमा

  • सुजन तिमल्सिना
  • शुक्रबार, असोज २१ २०७९


इलाममा चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्यनमा

इलाम । जिल्ला सुरक्षा समिति इलामले चाडबाडको अवसरमा बिषेश सुरक्षा योजना लागु गरेको छ । दशैँ, तिहार र छठ पर्व लक्षित गरेर जिल्ला सुरक्षा समितिले शसस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालन गरेको छ ।
इलामको सहरी क्षेत्रमा चाडबाडको समयमा कुनैपनि घटना घटेमा १० मिनेटमा उद्धार र सुरक्षाका लागि सुरक्षाकर्मी घटनास्थलमा पुग्नेछन् । सुरक्षाकर्मीलाई चाँडो घटनास्थलमा पुग्नका लागि जिल्ला सुरक्षा समितिले शसस्त्र र नेपाल प्रहरीलाई सवारीसाधनको उचित व्यवस्थापन गरिएको छ । सुरक्षा समितिले नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई सवारीसाधन व्यवस्थापनसँग आवश्यक पर्दा तयारी अवस्थामा बस्न निर्देशन दिएको छ । समितिको निर्देशन पछि चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयमा आएको नेपाल प्रहरी इलाम प्रमुख एसपि दिलिप घिमिरेले बताए ।
चाडवार्ड सुरक्षा योजना अन्तरगत जिल्ला सुरक्षा समितिले कालोबजारी नियन्त्रण गर्ने, बैंक बित्तिय सस्था तथा सुनचाँदी पसलहरुमा थप सुरक्षा व्यवस्था गर्ने, इलाम आउने बिशिष्ट ब्यक्तिको सुरक्षा ब्यबस्थाको लागी जनशक्ति तयारी राखेको छ ।
नेपाल भारत खुल्ला सीमा भएकाले सिमाक्षेत्रका चोरीका रुपमा प्रयोग हुन सक्ने नाकाहरुमा चौबिसै घण्टा नियमित गस्ति, चेकिङ्ग, मोवायल गस्ति र र सादा पोशाकमा प्रहरी परिचालन गरीएको छ ।
अपराधिक समूह, अर्ध भुमिगत समुह तथा उप समुहहरुबाट विरोध स्वरुप सरकारी अधिकारी, सम्भावित हमलाको गहन अध्ययन गरि चुस्त सुरक्षा योजना लागु गरिएको प्रमुख जिल्ला अधिकारी माधव ढुङ्गानाले बताए ।
चाडबाडको समयमा चोरीका घटना हुन नदिन संयुक्त चेकिङ र ग्रामीण गस्ती गरिनुका साथै सरकारी कार्यालयहरु, विद्युत गृहमा प्रभावकारी सुरक्षा व्यवस्था मिलाइएको छ । इलाममा नेपाल प्रहरीको जिल्ला कार्यालय, २ इलाका कार्यालय र ४२ वटा युनिटबाट परिचालन हुनेछन् भने शसस्त्र प्रहरीको सदरमुकाम स्थित गण, माइ, चुलाचुली, आइतबारे, पश्चिमि इलामको चिसापानी र सीमा क्षेत्रका ७ वटा पोष्टबाट नियमित गस्ति हुँदै आएको छ । राष्ट्रिय अनुसन्धानका सादा पोसाकका सुरक्षाकर्मीहरु पनि जिल्लाका १० स्थानीय तहमै परिचालन भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार