Local Sandesh सोमबार, कार्तिक २४ २०८३
  • ट्रेण्डिङ :

रोङमा उद्योग बाणिज्य संघको कार्यालय स्थापना

रोङमा उद्योग बाणिज्य संघको कार्यालय स्थापना

  • गणेश अर्याल
  • शुक्रबार, असोज १४ २०७९


रोङमा उद्योग बाणिज्य संघको कार्यालय स्थापना

रोङ : इलामको रोङ गाउँपालिकामा उद्योग बाणिज्य संघ को स्थापना भई सस्था दर्ता गरी कार्यालय स्थापना गरेको छ । हालै एक कार्यक्रम गरी सस्थाको कार्यालय स्थापना गरेको हो । रोङ गाउँपालिकाको कार्यालय नजिकै कोठा भाडामा लिएर उद्योग वाणिज्य संघको कार्याल्य स्थापना गरिएको तदर्थ समितिका सचिब डाइमण्ड तिम्सिनाले बताए ।

रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङबो तामाङले गाउँपालिकाको बिकासको लागि सरकारी क्षेत्र भन्दा नीजि क्षेत्र सक्रिय हुुनु पर्ने बताए । शुक्रबार आयोजित कार्यालय उद्घाटन तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै तामाङले आफू पनि उद्योगी ब्यापारी भएकै कारण ६०३४३८१९२ नम्बरमा भ्याट दर्ता गरेर ब्यवसाय गर्दै आएको सुनाए ।

उनले समाजमा ब्यापारी हरु प्रति हेरिने दृष्टिकोण कमजोर भएको बताए । रोङमा स्थापना भएको उद्योग बाणिज्य संघले यो दृष्टिकोणमा सुधार ल्याउन उनले सुझाव दिए । कार्यक्रममा एमाले रोङका अध्यक्ष खड्ग आले मगर नेपाली काग्रेसका देबी प्रसाद अर्याल राप्रपाका मेघनाथ आचार्य, पाथीभरा साना पर्यटन ब्यवसायी समुहका उपाध्यक्ष दिनेश निरौला लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

उद्योगी ब्यापारी सुरक्षा कर्मी जनप्रतिनिधि सञ्चार कर्मी लगायतको उपस्थितिमा कार्यक्रम भएको थियो । कार्यक्रम संघका अध्यक्ष नगेन्द्र राइको अध्यक्षतामा सम्पन्न भएको थियो । यस अघि नगेन्द्र राईको अध्यक्षतामा बनेको तथर्द समितिले बिधान बनाउने, सस्था दर्ता गर्ने पान नम्बर दिने लगायतको काम गरेको बताइएको छ ।

समितिको उपाध्यक्षमा अर्जुन ढकाल, सचिब डायमन्ड तिम्सिना, कोषाध्यक्ष सिता न्यौपाने, रहेका छन् । त्यसैगरी सदस्यहरुमा कृष्ण श्रेष्ठ, माधव निरौला, द्रोण आचार्य, चिन्तामणि बराल, नन्द कुमार गुरुङ मेनुका भुजेल राई, भोला नाथ वाइबा शुष्मा ढकाल शर्मा र केदारनाथ अधिकारी रहेका छन् । त्यसैगरी रणबहादुर गुरुङ सल्लाहकार प्रमुखको रुपमा रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार