मंगलबारे । इलामको माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोला पुलमा वेबारिसे शव फेला परेको छ । अपराहन्न १ बजेको समयमा माङ्सेबुङ–१ र देउमाई नगरपालिका–५ जोड्ने पुलको मध्य भागमा पहेलो टिसर्ट र कालो पाइन्ट लगाएका अन्दाजी ५० बर्ष हाराहारीका व्यक्ति मृत फेला परेका हुन् ।
अहिले स्थानीय नागरिक तथा गजुरमुखी प्रहरी कार्यालयबाट प्रहरी घटनास्थल छन् । हाल सम्म शवको आफन्त तथा शवको ठेगाना खुल्न नसकेको देउमाई नगरपालिका–५ का वडासदस्य कैलाश श्रेष्ठले जानकारी दिए । थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय मंगलबारेबाट घटनास्थलमा प्रहरी आउँदै गरेको श्रेष्ठले जानकारी दिए ।