फिक्कल । इलामको सूर्योदय नगरपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवासंघ नेपाल,सुर्योदय नगरकमिटी को विशेष आयोजना साथै नेपाल रेडक्रस सोसाइटि फिक्कल उपशाखा को सह–आयोजनामा फिक्कल बजारमा रक्तदान आयोजना गरिएको हो ।
![]()

बडा दशैको अवसर पारेर आयोजित कार्यक्रममा ५५ जनाले रक्तदान गरेको युवा संघ सूर्योदयका अध्यक्ष मोहन दोर्जे कागतेले जानकारी दिए । ४५ जना पुरुष र १० जना महिला रक्तदानमा सहभागी भएको कागतले जानकारी दिए ।

