Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकामा बजार अनुगमन सुरु

सूर्योदय नगरपालिकामा बजार अनुगमन सुरु

  • लोकल सन्देश
  • मंगलबार, असोज ४ २०७९


सूर्योदय नगरपालिकामा बजार अनुगमन सुरु

फिक्कल । इलामको सूर्योदय नगरपालिकाले बजार अनुगमन थालनी गरेको छ । नगरले मुख्य बजारमा अनुगमन थालेको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, भद्रपुर र गुणस्तर तथा नापतौल कार्यालय,झापासंगको समन्वयमा नगरले पसल अनुगमन गर्दै आएको छ ।

नगरपालिकाको केन्द्र फिक्कल बजारबाट थालिएको अनुगमन कार्य तीनघरे, पशुपतिनगर, हर्कटे लगायतका बजारमा समेत हुनेछ । फिक्कल बजारमा अनुगमनका क्रममा केही थोक पसल र डिपार्टमेन्टल पसलमा म्याद गुज्रिएका सामाग्रीहरु फेला पारेर नियन्त्रण गरिएको छ ।

उद्योग विकास शाखा सुर्योदयका अधिकृत मदन गुरुङको संयोजकत्वमा , नगर प्रमुख रण बा रार्ई ,प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई ,गुणस्तर तथा नापतौल कार्यालय झापाका अमित कुमार कर्ण, खाध्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यलय झापाका पंकज दाहाल ,पशुपतिनगर सिमा प्रशासन अधिकृत होमनाथ पोखरल, उधोग बाणिज्य संघ सुर्योदयका महासचिव तोयानाथ भट्टराई ,नगर प्रबक्ता ख्याम भुजेल, फिक्कल प्रहरी चौकी प्रमुख जालन्धर बराल ,सञ्चारकर्मी लगायतको टोलीले व्यवसायीहरुलाई सचेत गराएको छ ।

 म्याद गुज्रिएका सामाग्रीहरु नष्ट गरिने उपभोक्ता हित संरक्षण शाखा प्रमुख मदन गुरुङले जानकारी दिए । चाडबाड नजिकिएसंगै बजारमा छयाप्छयाप्ती अखाध्य र म्याद गुज्रिएका सामाग्रीहरु पाइने भएकाले बजार अनुगमन गरिएको जनाइएको छ ।

गुणस्तर तथा नापतौल कार्यालयका प्रतिनिधिले पसलहरुमा ढक तराजुको नविकरणका बारेमा अनुगमन गरेका थिए । म्याद नलेखिएका चामल र भुजा लगायतका सामाग्रीहरु सम्बन्धित व्यपारीकै गोदाममा सिल समेत गरिएको छ ।

अनुगमनमा जनप्रतिनिधि, कर्मचारी,सूर्योदय नगर उद्योग वाणिज्य सघका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, नगर प्रहरी, पत्रकार लगायतको सहभागीता रहेको छ ।

सूर्योदय नगरपालिकाले २०७४ सालमा नै बजार अनुगमन निर्देशिका बनाएको थियो । सोही निर्देशिका अनुसार बजार अनुगमन गरिएको प्रमुख प्रशासकिय अधिकृत मिलन भट्टराईले जानकारी दिए । अनुगमन आगामी ७ गतेसम्म जारी रहनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार