Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पर्यटन दिवसको अवसरमा सूर्योदय नगरपालिकामा फोटो प्रतियोगिता हुँदै

पर्यटन दिवसको अवसरमा सूर्योदय नगरपालिकामा फोटो प्रतियोगिता हुँदै

  • लोकल सन्देश
  • मंगलबार, असोज ४ २०७९


पर्यटन दिवसको अवसरमा सूर्योदय नगरपालिकामा फोटो प्रतियोगिता हुँदै

फिक्कल । विश्व पर्यटन दिवसको अवसर पारेर इलामको पर्यटकीय नगरी सूर्योदयले फोटो प्रतियोगिता २०२२ आयोजना गर्दैछ । एक्सप्लोर दि अनएक्सप्लोर नारा राखेर आगामी असोज ११ गते प्रतियोगिता हुन लागेको हो ।

सूर्योदय नगरपालिकाले आज पत्रकार भेटघाटको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको छ । नगर क्षेत्रमा प्रचार नगरिएका धेरै गन्तव्यहरुको पहिचानको उद्धेश्य राखेर प्रतियोगिता आयोजना गरिएको नगरपालिकाका कर्मचारी सृजन गदालले जानकारी दिए ।

प्रतियोगिताको बिजेताले १५ हजार, दोश्रो हुनेले १० र तृतिय हुनेले ५ हजार रुपैया प्राप्त गर्नेछन् । सूर्योदय नगरपालिकाको पर्यटन प्रर्वद्धनमा योगदान गर्न सक्ने फोटो माग गरिएको छ । सहभागीहरुले बढीमा ५ वटासम्म फोटो पठाउन सक्नेछन् । फोटोसंगै कम्तीमा ५० शब्दको विवरण समेत हुनुपर्ने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले ड्रोनबाट खिचेको तस्बिरलाई प्रतियोगितामा सहभागी नगराउने जनाएको छ । असोज ९ गते राती १२ बजेसम्म फोटो पठाउने मिति तोकिएको छ । नगरले कम फर्म भरेर फोटो पठाउन आहवान समेत गरेको छ ।https://docs.google.com/forms/d/e/1FAIpQLScLh8r3ej7a4yLYWtWuMGh60A538mMLFeh4MmOL-RLZ9yTbdg/viewform

प्रतिक्रिया
सम्बन्धित समाचार